राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री र अर्थमन्त्रीको पदावधि निर्धारण गर्न गोलाप्रथा शुरु

काठमाडौं/ राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारण गर्नका लागि गोलाप्रथा शुरु भएको छ । गोलाप्रथा शुरु गोलाप्रथा बानेश्वरस्थि संसद भवनको लोत्हे हलमा शुरु भएको छ ।

आफ्नो कार्यकाल आफैंले गोलाप्रथाबाट निर्धारण गर्ने संवैधानिक प्रावधान अनुसार राष्ट्रियसभा सदस्यहरुको कार्यकाल चयन हुनेछ ।

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ मध्ये २० जनाको कार्यावधि ६ वर्षको, २० जनाको ४ वर्षको र १९ जनाको २ वर्षको हुनेछ । कसको पदावधि कति हुने भन्ने कुरा गोलाप्रथाले निर्धारण गर्नेछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल कति रहने छ भन्ने निर्धारण आजको गोलाप्रथाले तय गर्नेछ ।

कथंकदाचित गोलाप्रथामा तिमल्सिना, थापा र खतिवडाको २ वर्षे पदावधि निर्धारण गरिदियो भने उनीहरु बहालमा रहेको पद धरापमा पर्नेछ ।

संविधान अनुसार मन्त्री हुनको लागि संघीय या राष्ट्रिय सभामध्ये एकको सदस्य हुनु अनिवार्य छ । तर कार्यकाल सकिएपछि उनीहरु पुन निर्वा्चित भएर आउन सक्ने छन् ।

राष्ट्रिय सभा सचिवालयले गोलाप्रथामा वर्णानुक्रमअनुसार भाग लिने व्यवस्था मिलाएको छ ।

गोलाप्रथा छनौट गर्न सेता कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर बट्टाभित्र राखी बन्द गराइन्छ र राष्ट्रिय सभा सदस्यलाई ति कागजहरू झिक्न लगाइन्छ । यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधि बनाएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’