विश्वकप फुटबल : मेक्सिकोले विश्वविजेता जर्मनीलाई पहिलो खेलमै हारको स्वाद चखायो

काठमाडौँ/ रसियाको मस्कोस्थित लुझ्न्की स्टेडियममा आइतबार राति भएको समूह एफ को खेलमा जर्मनीलाई मेक्सिकोले १–० गोल अन्तरले पराजित गरेको हो । अघिल्लो संस्करणको विश्वबिजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ

‘विश्वविजेतलाई पहिलो खेलमै हारको स्वाद चखाउने क्रममा खेलको ३५ औँ मिनेटमा जाभियर हर्नान्डेजको पासमा हिरभिङ लोजानोले निर्णायक गोल गरे । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि जितेको जर्मनी यो विश्वकपको पहिलो खेलमा आफैँ १–० ले पराजित भएको हो ।

करिब ६० प्रतिशत बल पोजेसन आफ्नो पक्षमा पारे पनि जर्मनी हार भोग्न बाध्य भयो । जर्मनीका लागि मारियो गोमेज र जुलियन डाक्सलरले पटक पटक मेक्सिको पोस्टमा चार्ज गरे पनि गोलमा परिणत गर्न असफल रहे ।

करिब ६० प्रतिशत बल पोजेसन आफ्नो पक्षमा पारे पनि जर्मनी हार भोग्न बाध्य भयो । खेलका क्रममा जर्मनीले १८ पटक मेक्सिकोको पोस्टमा चार्ज गरेको थियो । त्यसैगरी मेक्सिकोले भने केबल १० पटक मात्रै जर्मनीको पोस्टमा चार्ज गरेको थियो ।

जर्मनीका म्यानुअल नुयोर भन्दा ब्यस्त मेक्सिकोका किपर गुल्लेर्मो ओचोहा थिए । उनले जर्मनीबाट भएका कयौँ प्रहारको उत्कृष्ट बचाउ गरे ।

कडा प्रतिस्पर्धा भएको खेलमा जर्मनीले ९ पटक गोलका सम्भावित प्रहार गरेको थियो भने मेक्सिकोले केबल ४ पटक मात्रै । जर्मनीले निरन्तर आक्रमण गरे पनि मेक्सिकोले काउन्टर एट्याकमा उत्रेर जर्मनीलाई दबाब दिएको थियो ।

जर्मनलीले १६ पटक फ्री किक पाउँदा मेक्सिकोले ११ पटक हान्यो । त्यसैगरी जर्मनीले १७ र मेक्सिकोले २० वटा थ्रोइन्स गरे । जर्मनीले गोलका लागि मेक्सिकोका ३ वटा प्रहार जोगायो भने मेक्सिकोले ९ वटा प्रहार बचायो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’