द्वन्द्वकालमा ध्वस्त प्रहरी चौकी १७ बर्ष पछि स्थानियबासीले गरे पूननिर्माण


पर्वत /शसस्त्र द्वन्द्वका समयमा ध्वस्त भएको पर्वतको एक प्रहरी चौकी भवन स्थानियबासीले जनश्रमदान गरेर पूननिर्माण गरेका छन ।
पर्वतको जलजला गाउँपालिका वडा नं ५ स्थित लेकफाँट प्रहरी चौकीको भवन स्थानियबासीले चन्दासंकलन र श्रमदान गरेर १७ बर्षपछि पूननिर्माण गरेका हुन । चौकीको भवन २०५८ सालको फागुनमा तत्कालिन बिद्रोही नेकपा(माओबादी)का कार्यकर्ताले ध्वस्त बनाएका थिए ।


लेकफाँटका बासिन्दाले गाउँमा शान्ति सुरक्षा कायम राख्न प्रहरी चौकी बनाउन स्थानिय तहको आर्थिक सहयोग र आफुँले चन्दा तथा श्रमदान गरेर झण्डै पाँच लाखको लागतमा प्रहरी चौकी पूननिर्माण गरेका छन । उक्त प्रहरी चौकी निर्माणका लागि जलजला गाउँपालिकाले २ लाख, जलजला गाउँपालिका वडा नं ५ र ६ बाट ५०÷५० हजार गरि १ लाख र अन्य खर्च स्थानियले चन्दा संकलन, जनश्रमदान गरेर जुटाएको भवन निर्माण समितिका अध्यक्ष दण्डपाणी सुबेदीले जानकारी दिए । भवन निर्माणका क्रममा झण्डै डेढ लाख झै ऋणको रुपमा रहेको छ ।


स्थानियले निर्माण गरेको चार कोठे प्रहरी चौकी भवनको पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरे । भवन उद्घाटन गर्दै साँसद गिरीले जलजला गाउँपालिकाका बासिन्दाको यो प्रयास सबैका लागि अनुकरणीय भएको बताए । ‘जनताले आफ्नो सुरक्षाका लागि चन्दा संकलन गरेरै प्रहरी चौकी भवन बनाउने काम गरेका छन’ उनले भने ‘नागरिकको चेतनामा परिर्वतन नआउँदा सम्म शान्ति सुरक्षाका लागि प्रहरी र नागरिक सहकार्य आवश्यक छ’
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले नागरिक संग सहकार्य नगरे सम्म प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न नसक्ने बताए । उनले नागरिक र प्रहरी मिलेरै शान्ति सुरक्षा र अमनचयन संभब भएकाले यसरी नै सहकार्य गर्दै जान सबै संग आग्रह पनि गरे ।


प्रहरी चौकी उद्घाटन कार्यक्रममा नेकपा का प्रदेश कमिटी सदस्य यज्ञ सुबेदी, नेकपा पर्वतका नेता गोबिन्द पहाडी, जिबिस पर्वतका पुर्व सदस्य उदय सुबेदी, जलजला गाउँपालिका वडा नं ६ का अध्यक्ष होमबहादुर पुन, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी गोबिन्द पौडेल लगायतले प्रहरी र जनताबिचको सहकार्यका बारेमा आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’