उपभोग्य वस्तुको भाउ आकाशियो, खाद्यान्नको कृत्रिम अभाव गर्नेलाई १० वर्ष कैद

काठमाडौं : सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ।

मूल्य वृद्धिबारे सरकारी निकाय भने बेखबर रहेको र उल्टै भाउ नबढेको दावी सरकारी निकायको रहेको भन्ने समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। खाद्यान्न लुकाएर भोकमरीको अवस्थामा सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। खाद्यान्नसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो खानेकुरा राखेर अरुलाई भोकमारीको अवस्थामा पुर्याएमा १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था गरिएको समाचार नागरिक दैनिकमा छ।

त्यसैगरी आपतकालीनका बेला चाहिने खाद्यवस्तु भण्डारण गर्न लैजाँदै गर्दा कसैले लुटेमा पनि तीन महिना कैद, दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। लक्षित वर्ग वा पिछडिएको वर्गलाई वितरण गर्ने भनिएको खाद्यान्न वितरण नगरेमा पाँच वर्ष कैद वा पाँच लाख रुपैयाँ जरिवानाको प्रावधान छ। मौलिक हक कार्यान्वयका लागि संसदमा पेस हुने क्रममा रहेको खाद्यसम्बन्धी विधेयकमा कसैलाई पनि भोकमारीमा पर्न नदिने उल्लेख छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’