कुस्माको खरेहामा बृद्ध मृत फेला

Corpse
पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं ७ खरेहामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन ।
खरेहाको धारा नजिक अन्दाजी ६० बर्षिय बृद्ध सोमबार साँझ मृत अवस्थामा फेला परेका हुन ।
मज्दुरी गर्दै आएका बृद्धको पहिचान भने खुलेको छैन । रक्सी सेवन गरेको र लडेको अवस्थामा फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको र मृत्युको कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।