राष्ट्रिय सभामा तिमिल्सिना, शर्मा र पाण्डे मध्ये कस्को भाग्य बलियो ?
काठमाडौं । राष्ट्रिय सभा सदस्यको कार्यकालका लागि यही असार ४ गते गोलाप्रथा हुने भएको छ ।
आइतबार राष्ट्रिय सभा सञ्चालनसम्बन्धि नियमावली पास भएपछि गोलप्रथाको मिति तोकिएको हो । राष्ट्रिय सभा अविछिन्न सभा भएका कारण गोलाप्रथाले २ वर्ष, ४ वर्ष र ६ वर्षको कार्यकालका सांसदको टुंगो लगाउने छ ।
गोलाप्रथापछि १९ जना सांसदको कार्यकाल २ वर्षको हुनेछ भने २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्षको कार्यकाल हुनेछ । हाल राष्ट्रिय सभामा क्लष्टर मिलाएर प्रत्येक प्रदेशबाट ८ जनाका दरले आएका ५६ र राष्ट्रपतिले मनोनित गरेका ३ गरी ५९ सांसद रहेका छन् ।
हाल गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष, दीनानाथ शर्मा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता र सुरेन्द्र पाण्डे कांग्रेसको तर्फबाट प्रमूख प्रतिपक्षी दलको नेता छन् । उनीहरु तीनै जना खस–आर्य क्लष्टर र प्रदेश नं.–४ बाट छानिएका हुन् ।
रोचक त यो छ कि गोलाप्रथा हुँदा तिमिल्सिना, शर्मा र पाण्डेबीच नै प्रतिस्पर्धा हुनेछ । तिमिल्सिना, शर्मा र पाण्डेमध्ये १ जनाको कार्यकाल २ वर्ष, अर्कोको ४ र अर्कोको ६ वर्षको हुनेछ ।
यी तीन नेतामध्ये को सबैभन्दा भाग्यमानी होला ? त्यसका लागि असार ४ सम्म प्रतीक्षा गर्नुपर्नेछ ।उज्यालो नेपालबाट