युवतीले भनिन्- ‘छोरा र मलाई श्रीमानले २ लाख २० हजारमा बेचे’

भारतको बेंगलोरमा बेचिएकी दैलेखकी एक युवती र उनका छोराको उद्धार गरिएको छ।

आफ्नै श्रीमानबाट बेचिएकी १८ वर्षीया युवती र २ वर्षीय छोराको माइती पक्षको सहयोगमा प्रहरीले उद्धार गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दैलेखबाट यज्ञराज थापाले लेखेका छन्।

उनीहरु दुई वर्षदेखि बेंगलोरमा बस्दै आएका थिए। चार महिनाअघि श्रीमानले आफू र छोरालाई २ लाख २० हजार भारतीय रुपैयाँमा कोठीमा बेचेको पीडित महिलाले बताएकी छन्।

उद्धार गरिएकी महिला र बालकलाई थप मनो परामर्श सेवा र अन्य सहयोगको लागि शक्ति समूह काठमाडौं पठाइएको बाल हेल्पलाईन, महिला तथा बालबालिका केन्द्र दैलेखका संयोजक रमा श्रेष्ठले बताइन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’