कुस्मामा सामुदायिक बिद्यालय अनुगमन -कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड बिद्यार्थीले राखेको पाइयो
पर्वत /पर्वतको कुस्मा नगरपालिका वडा नं १२ स्थित जनता सुदर्शन माध्यामिक बिद्यालयको कक्षा ६ मा अध्ययन गर्ने बिद्यार्थीलाई प्रश्न सोधियो कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने शिक्षक को हो ? अनि सबैभन्दा बढी ठगी गर्ने शिक्षक को होला ? बिद्यार्थीहरुले एकै स्वरमा राम्रो पढाउने र कक्षा कोठामा पुगेपछि पढाउन ठगी गर्ने शिक्षकको नाम बिना संकोच फटाफट भनिदिए ।
कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोली संग जनता सुर्दशन माबिको अन्य कक्षाका बिद्यार्थी मात्रै होइनन अन्य बिद्यालयका बिद्यार्थीले पनि राम्रो शिक्षण गर्ने र ठगेर हिड्ने शिक्षकको रेर्कड प्रस्तुन गरेका हुन । शिक्षकका दैनिक क्रियाकलापहरु बिद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन र उनीहरुको मुल्याँकन गरेका हुन्छन भन्ने अनुगमनका क्रममा भेटिएका छन ।
बिद्यालयको शैक्षिक गुणस्तर र सिकाई उपलब्धीका बारेमा अनुगमन गर्न पुगेको टोली संग बिद्यार्थीले आफुँहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिए । ‘बिद्यार्थीले राम्रो संग अध्यापन गराउने र कक्षाकोठामा ठगी गर्ने शिक्षकका बारेमा रेकर्ड राखेरै बिबरण दिए’ नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्री भन्छन‘आफ्नो बारेमा बिद्यार्थीले रेकर्ड राखेका हुन्छन भन्ने सोचेर शिक्षकले कक्षाकोठामा पुग्न जरुरी छ’ अनुगमन टोलीले जनता सुर्दशन माबि, खौलालाँकुरी माबि, पञ्चकोशी माबि लगायतका बिद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाई उपलब्धीका बारेमा जानकारी लिएको थियो । ‘शिक्षकहरुले आफ्ना आनीबानी देखि पठनपाठन गर्न जाँदा राम्रो तयारी गरेर जानुपर्ने आवश्यकता देखियो ’ अधिकृत क्षेत्रीले भने ।
अनुगमनका क्रममा सामुदायिक बिद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भैरहेको भेटिएको थियो भने धेरै राम्रा बिद्यार्थी पनि भेटिएका थिए । उनीहरुका लागि उपयुक्त वातावरण शिक्षक, बिद्यालय र अभिवाकले दिने हो भने धेरै सुधार गरेर जान सकिने संभाबना रहेको स्रोत ब्यक्ति प्रेम शर्मा सुबेदीले बताए । ‘सामुदायिक बिद्यालयले पनि गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेका छन’ उनले भने ‘यसलाई निरन्तरता दिदै थप असल अभ्यासहरु गर्न जरुरी देखियो’
अनुगमनका क्रममा बिद्यार्थीको सिकाईस्तर कस्तो छ, बिद्यालयमा कस्ता समस्या छन भनेर समस्या समाधान गर्ने, बिद्यालयका भौतिक अन्य अवस्थामा सुधार कसरी गर्न सकिन्छ भनेर छलफल समेत गरिएको थियो । अनुगमनका क्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत ब्यक्तिहरु प्रेम शर्मा सुबेदी, रामप्रसाद लामिछाने र कुमार उपाध्याय तथा सञ्चारकर्मीहरुको सहभागिता थियो । नगर शिक्षा शाखाले आगामी दिनहरुमा पनि यस्ता अनुगमनहरुलाई निरन्ता दिने योजना रहेको स्रोत ब्यक्ति रामप्रसाद लामिछानेले बताए । बिद्यालयहरुमा असल अभ्यासलाई अन्य बिद्यालयहरुमा लैजाने र समस्यामा रहेका बिद्यालयहरुलाई पनि असल अभ्यासका लागि प्रेरित गर्न अनुगमन प्रभाबकारी भएको अर्का स्रोत ब्यक्ति कुमार उपाध्यायको भनाई छ ।