पर्वतको शंकरपोखरीमा कम्युनिष्ट पार्टीका उपाध्यक्षको हत्या


पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा कम्युनिष्ट पार्टीका वडा कमिटी उपाध्यक्षको हत्या भएको छ । तत्कालिन नेकपा(एमाले) का वडा कमिटी उपाध्यक्ष सूर्यबहादुर सुनारको आफ्नै घरको अग्लोले हानेर हत्या गरिएको हो । सुनचाँदी ब्यबसाय समेत गर्दै आएका गोपाल भनेर बोलाउने सुनारलाई फलेवास २ थापाठानाका बिनोद कुँवर र उनकी श्रीमती राधिका कुँवरले ढोकाको आउलोले हानेर हत्या गरेका छन ।

शुक्रबार दिउँसो सामान्य भनाभनको क्रममा कुँवर दम्पतीले सुनारलाई टाउकोमा आउलोले हानेका थिए । प्रत्याक्षदर्शीका अनुसार रक्सी खाएर हल्लाखल्ला गरेका कुँवर दम्पत्तीले अपशब्द बोलेका थिए । अपशब्द बोलिरहेका कुँवरलाई सुनारले यसे नबोल्न भनेपछि हातपातमा उत्रिएको प्रहरीले अनुसन्धान बाट थाहा भएको जनाएको छ ।

चोट लागेर उपचारका लागि पोखराको मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारकै क्रममा सुनारको मृत्यु भएको हो । सुर्यबहादुर सुनारकी श्रीमती पनि आक्रमणमा घाईते भएकी छिन् । श्रीमती सरस्वती सुनारको पनि अहिले अस्पतालमा उपचार हुदै छ ।

आक्रमणकारी बिनोद बिक्रम कुवँंर र राधिका कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सीको नशामा रहेका कुँवरले आफुले रिस उठेपछि आक्रमण गरेको प्रहरी समक्ष बताएका छन् । यस सम्बन्धि शनिबार प्रकाशित समाचार बिबरण फरक परेकोमा सच्चाइएको छ ,सम्पादक।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’