रुखबाट खस्दा मृत्यु

Corpse
पर्वत /पर्वतको मोदी गाउँपालिका ६ तिलाहारमा एक व्यक्तिको रुखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ बर्ष देखि सोही क्षेत्रमा मज्दुरी गर्दै आएका ४० बर्षिय राजकुमार बस्नेतको रुखबाट लडेर मृत्यु भएको हो ।
विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शुक्रबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुपमा घाँस काट्न जाँदा रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बस्नेतको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए ।