रक्सीको नशामा ढोकाको आग्लो प्रहार गर्दा पर्वतमा एक जनाको मृत्यु

पर्वत / फलेवास नगरपालिका २ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ।

स्थानीय थापाठाना बजारका बिनोद बिक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका  ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए। मादक पदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले बिनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक यमबहादुर नेपालीले जानकारी दिए। झगडाकै क्रममा बिनोदले सूर्यलाई धेरै पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

झगडाका बेलामा छुट्याउने क्रममा घाइते भएका सुनार र उनकी श्रीमती सरस्वतीलाई उपचारका लागि शुक्रबार नै पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो।   अभियुक्तबिनोदलाई शुक्रबार राती नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने बिनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानको लागि शनिबार नियन्त्रणमा लिइएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’