कुश्मा नगरका बिद्यार्थी बिच बक्तृत्वकला प्रतियोगिता

पर्वत । कुश्मा नगर शिक्षा शाखाले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श मावि कुश्माका सूर्यचन्द्र रेग्मी प्रथम भएका छन् । नगरशिक्षा शाखाले प्रतिभा पहिचान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

आईतबार शिवालय श्रोत केन्द्रमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा नमूना आवासिय माविका प्रतिभा लामिछाने दोस्रो, नारायण माविका कामना अधिकारी तेस्रो हुनुभयो भने विश्वज्योती मावि सिलमीका सुचना सुबेदी सान्त्वना हुनुभएको छ ।

उक्त प्रतियोगितामा१७ विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम, द्धितिय,तृतिय र सान्त्वनाले क्रमश रु २ हजार,१५ सय,१ हजार र ५ सय रुपयाँ प्राप्त गरेका छन् । विजयी प्रतियोगिहरुलाई कुश्मा नगर शिक्षा शाखा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले पुरस्कार प्रदान गर्नुभएको छ ।

प्रतियोगिता समापनमा बोल्दै क्षेत्रीले अतिरिक्त कृयाकलापले बिद्यार्थीहरुको प्रतिभालाई तिखार्ने भएकाले यस्ता प्रतियोगिता बिद्यालयले गरिरहनुपर्ने बताउनुभयो । उहाँले कुश्मा नगरपालिकाका बिद्यालयलाई अनिवार्य रुपमा अतिरिक्त कृयाकलाप गर्न निर्देशन दिँदै क्षेत्रीले व्यवहारिक र प्रभावकारी शिक्षण गर्न सुझाव दिनुभयो ।

क्षेत्रीले अव परम्परागत पाराले शिक्षामा सुधार हुन नसक्ने बताउँदै क्षेत्रीले शिक्षकहरुलाई अहिलेको भन्दा दोब्बर मिहेनत गरेर बिद्यार्थीहरुलाई ट्यालेण्ट बनाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । क्षेत्रीले शिक्षामा सुधार ल्याउन शिक्षकको पहिलो दायित्व भएपनि अभिभावक, विव्यस, शिक्षा कार्यालय, शिक्षाबिदहरुले पनि यसमा सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’