आर्थर डाडाँखर्कमा किशोरीले थाले मदिरा नियन्त्रण अभियान


पर्वत /पर्वतको कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कमा किशोरीहरुले मदिरा नियन्त्रण अभियान शुरु गरेका छन ।
जथाभावी मदिरा सेवन र बिक्री बितरण गर्दा समाजमा हिंसा, असुरक्षा बढेको भन्दै आर्थर युवा महिला सञ्जालको अगुवाईमा मदिरा नियन्त्रण अभियान शुरु गरेका हुन ।
मदिरा नियन्त्रण अभियान शुरु गरेका किशोरीहरुले वडामा आइबार जनचेतनामुलक ¥याली गरेका छन । साविकको आर्थर डाडाँखर्क गाबिसका सबै वडाहरुमा पुगेर जथाभावी मदिरा बिक्री नगर्न र मदिरा सेवनबाट हुने बेफाइदाका बारेमा जनेचतना जगाएका छन ।
अभियान अन्र्तगत शुरुमा जनचेतना जगाउने र त्यसपछि आवश्यकता अनुसार अन्य कार्यक्रम गरिने सञ्जालले जनाएको छ । युवा महिला सञ्जालमा आबद्ध किशोरीहरुले मदिरा नियन्त्रणका लागि वडाका जनप्रतिनिधी र महिला समहुहरु संग समेत सहकार्य गरेको वडा सदस्य होमनाथ रिमालले जानकारी दिए । युवा महिलाहरुको सक्रियतालाई वडाले प्रोत्साहन गरेर मदिरा नियन्त्रणका लागि आवश्यक निर्णयहरु समेत गर्न लागेको छ । आर्थरमा भित्रीने सवारी साधनलाई मदिरा नबोक्न आग्रह गर्ने, जथाभावी रुपमा मदिरा बिक्री र सेवन नगर्न सबैलाई आग्रह गर्ने र गरेको पाईएमा कानुनी काबार्ही गरिने सदस्य रिमालले बताए ।
मदिरा नियन्त्रण अभियानलाई प्लान इन्टरनेशनल र इन्प्रेड नेपालले समेत सघाएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’