पर्वतमा अपांग बालिका र युवतीलाई जर्बजस्ती गर्ने दुई युवा पक्राउ


पर्वत /पर्वतमा एक एक अपांग बालिका र युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्रेको छ ।
पर्वतको कुस्माबजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जर्बजस्ती गर्ने एक युवालाई प्रहरीले पक्रेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जर्बजस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन ।
म्याग्दी जिल्लाको साविक मल्कावाङ गाविस वडा न. १ स्थायी भई पर्वतको कुश्मा नगरपालिका वडा नम्वर १ सस्रधारा बस्ने २६ बर्षिय मंगले भन्ने अनिल विकलाई प्रहरीले जर्बजस्ती करणी गरेको आरोपमा पक्रेको छ । बिकले शुक्रबार गते राती अन्दाजी राती १० बजेको कुश्मा नगरपालिका वडा न.४ स्थित मांझमेला भन्ने स्थानको सामुदायिक जंगलको खाली ठाँउमा लगेर १७ बर्षिय युवतीलाई जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट ५ सय मिटरको दुरीमा पर्छ । पिडीत युवतीलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो भने पिडकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
यसैगरी जलजला गाउँपालिका वडा नं ७ का २० बर्षिय बाबुराम परियारलाई पनि १३ बर्षिया अपांग बालिकालाई जर्बजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । परियारले आईतबार बिहान १० बजेको समयमा पिडीत बालिकाको घरमै पुगेर जर्बजस्ती करणीको प्रयास गरेका थिए । त्यतिनै बेला पिडीतकी आमाले देखेपछि उद्दार गरेर प्रहरीमा खबर गरेकी थिइन । पिडक परियारलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवाका दुर्गाबहादुर क्षेत्री आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । पिडककी श्रीमती घरमा सुत्केरी छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’