फलेबास डोजर आगजनी – प्रहरीको शंका बिप्लब माओबादी माथि, बिप्लबका कार्यकर्ताले गरे अस्विकार

पर्वत /पर्वतको फलेवास नगरपालिकामा सडक बिस्तारमा प्रयोग भएको एक्साभेटरमा आगजनी भएको घटनामा सुरक्षा निकायले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता माथि आशंका गरेर अनुसन्धान अघि बढाएको छ ।
सुरक्षा निकायले बिप्लबका जिल्ला जनसरकार प्रमुख ढकबहादुर क्षेत्री, ओमप्रसाद शर्मा र धर्मराज पौडेललाई पक्राउ गरि अनुसन्धान अघि बढाएको हो । तर बिप्लब माओबादी पर्वतका सेक्रेटरी अल्र्बटले भने घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको भन्दै निर्दोश कार्यकर्तालाई पक्रेर दुःख दिएको आरोप लगाएको छ ।
जैमिनीघाट–देबिस्थान–खानीगाउँचितीपानी–शंकरपोखरी–कार्कीनेटा सडक बिस्तारका क्रममा प्रयोग भएको कुस्मा कन्सट्रक्सन प्रालिको एक्साभेटरलाई शुक्रबार राती फलेवास नगरपालिका–५, झकलक खानीगाउँमा आगजनी भएको थियो । छिमेकी बागलुङ्गको जैमिनी नगरपालिकाबाट पलेबास हुँदै प्रदेश राजधानी पोखरा सम्म जोड्नका लागि फलेवासबाट सडकलाई ११ मिटर फराकिलो बनाउने कार्य गरिरहेको छ । पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाइएको छ ।
घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी एकै दिन देशभर तीन चार ठाउँमा स्काभेटरमा आगजनी भएकाले बिप्लब माओबादीले नै फलेबासमा पनि घटना घटाएको हुन सक्ने निष्कर्षमा पुगेको छ । घटना घटाउने तर जिम्बेवारी नलिने निती भएकै कारण बिप्लब माओबादीले उक्त घटनामा पनि आफ्नो संलग्नता अस्विकार गरेको प्रहरीको बुझाई छ । जेठ १५ गते मोदी हाईडोपावर लिमिटेडको कुस्मा नगरपालिका – ८ परादी स्थित कार्यालयमा बम राख्ने तथा दुई महिना अघि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको निजी सवारीसाधनमा बम राख्ने तथा सोही दिन एक स्काभेटरमा आगजनी गर्ने काम समेत बिप्लबका कार्यकर्ताबाट भएको अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ । ‘यस घटना पनि बिप्लबकै कार्यकर्ताले गराएका हुन भन्ने देखिन्छ’ स्रोतले भन्यो‘तर आफुँ उम्कनका लागि बिज्ञप्ती निकाल्ने काम गरेका हुन सक्छन’
प्रहरीले बिप्लब बाहेक अन्यत्रबाट पनि घटना गराएको हुन सक्ने आशंकामा फरक कोणबाट पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा अनुसन्धान टोली नै बनाइएको छ ।
यता बिप्लब नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी अबर्लटले भने बिज्ञप्ती मार्फत आफ्नो पार्टीलाई योजनाबद्ध रुपमा सिध्याने उद्देश्यले घटना घटाएको आरोप लगाएको छ । बिकासका नाममा आउने बजेट भागबण्डा गरेर खानेहरुको आफ्नै स्वार्थका कारण घटना भएको आरोप समेत बिज्ञप्तीमा लगाइएको छ ।
यता पर्वत उद्योग बाणिज्य संघले पनि बिज्ञप्ती प्रकाशित गर्दै बिकास निर्माणको काममा अबरोध सृजना गर्न घटना भएको भन्दै घटनाको निन्दा गरेको छ । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माद्वारा जारी बिज्ञप्तीमा बिकास निर्माणलाई अबरोध पु¥याउने यस्ता घटनाहरु नदोहो¥याउन र शान्ति सुरक्षाको अवस्था मज्बुद्ध बनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’