पर्वतको फलेबासमा सडक खन्दै गरेको एक्साभेटरमा आगजनी

पर्वत । पर्वतको फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्साभेटरमा अज्ञात समूहले आगो लगाएका छन् ।

शुक्रबार राति ११ बजेको समयमा फलेवास नगरपालिका–५, खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रा.लि.को एक्साभेटरमा आगो लगाइएको हो ।

पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्साभेटर पूर्णरुपमा क्षति भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले राति ११ बजे अज्ञात व्यक्तिले एक्साभेटरमा आगो लगाएको बताउनुभयो ।

जैमिनीघाटबाट बाटो चक्लाबन्दी गर्दै झकलाकसम्म पुर्याएर रोकिराखेको एक्साभेटरमा आगो लगाइएको हो । फलेवास नगरपालिकाले प्रदेश राजधानीसम्म जोड्नका लागि फलेवासबाट सडकलाई ११ मिटर फराकिलो बनाउने कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’