घरमा श्रीमती सुत्केरी, श्रीमान बलात्कार अभियोगमा पक्राउ


पर्वत /घरमा सुत्केरी श्रीमती छाडेर परस्त्री खोज्ने एक युवा बलात्कार अभियोगमा पक्राउ परेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ८ चुवाका ३५ बर्षिया दुर्गाबहादुर क्षेत्री बलात्कार अभियोगमा पक्राउ परेका हुन ।
क्षेत्रीले बुधबार एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनलाई जर्बजस्ती करणी अभियोगमा पर्वत जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
घरमा भएकी सुत्केरी श्रीमतीलाई सुसार नगरि परस्त्री खोज्न हिडेका क्षेत्री ती युवतीलाई यस अघि पनि बलात्कार गरेको र धम्क्याएर फेरी दोस्रो दिन पनि बलात्कार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । श्रीमती र आफ्न्तले क्षेत्रीको ब्यबहारका बारेमा शंका समेत गर्दै आएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’