अनेरास्ववियु र अनेरास्बबियु क्रान्तीकारी गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई कमिटि द्धारा क्याम्पसलाई शैक्षिक तथा खेलकुद समाग्री सहयोग
जेठ, १८ अनेरास्ववियु र अनेरास्बबियु क्रान्तीकारी गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई कमिटी कुश्माले विहिबार एक कार्यक्रमको आयोजना गरि क्यम्पसलाई शैक्षिक तथा खेलकुद समाग्री हस्तान्तरण गरेको छ । क्यम्पसमा अध्यनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ समाग्री प्रदान गरेको कमिटिका अध्यक्ष ईश्वर भुषालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एब्म निर्वतमान गुप्तेश्वर स्बबियु सभापति सुबास चन्द्र पौडेलले क्याम्पस ईकाइ कमिटिले गरेको काम सहनिय रहेको बताउनुभयो । उहाले बिद्यार्थीको क्षमता अभिबृद्धि तथा शैक्षिक बिकासको लागि कमिटिले उदाहरण्ीय काम गरेको बताउनुभयो ।
अनेरास्ववियु र अनेरास्बबियु क्रान्तीकारी गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाई कमिटिले क्याम्पसलाई थप उर्जा प्रदान गर्ने शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्तm गर्नूभयो । कार्यक्रममा गुप्तेश्वर बहुमुखि क्याम्पसका अध्यक्ष सुन्दर प्रसाद जाशि, अनेरास्बबियु जिल्ला कमिटि सदस्य लकास सुबेदि सञ्चारकर्मी दिपेश सुनार लगायतले कमिटिले क्याम्पसलाई समेत हौसला प्रदान गर्ने काम गरेकोमा खुसी ब्यक्तm गरेका थिए । अनेरास्बबियु क्याम्पस कमिटिका अध्यक्ष ईश्वर भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत कमिटि सदस्य टिका गुरुङ र सञ्चालन कमिटि सदस्य मिलन अधिकारीले गरेका थिए ।