मलेसियामा साथीभाईले कुटेरै पर्वतका युवाको हत्या गरे

फोटो फेसबुकबाट

पर्वत /रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीहरुकै कुटपिटबाट मृत्यु भएको छ ।
पर्वतको मोदीगाउँपालिका वडा नं ५ बाजुङ्ग धमिलपानी गाउँका २२ बर्षिय किशोर केसी (नसिब) को साथीभाईको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।
करिब डेढ हप्ता पहिले आइतबार संगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए । पुर्बी नेपालबाट रोजागरीका लागि पुगेका चार जना साथीहरुले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।
मृतक क्षेत्रीको बिहीबार स्थानिय अस्पतालमा पोष्टमार्टम भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन । उनी अविबाहित थिए । उनका पिता भिमबहादुर क्षेत्री पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।
परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देबी क्षेत्री अर्धचेत अवस्थामा छन भने गाउँलेहरुमा समेत रुवाबासी चलेको छ । क्षेत्रीलाई कुटपिट गरि हत्या गर्ने साथीहरु चारै जना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’