३३ केजी सुन तस्करीमा मुछिएका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण
काठमाडौँ । ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मोरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेको थियो।
प्रहरीले देशभर रहेका आफ्ना प्रहरी युनिट र अन्तरार्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा खत्रीको खोजी गरिरहेको थियो।
तस्कर गोरेले अदालतको बयानमा एसएसपी खत्रीसँग मिलेर सुन भित्र्याएको उल्लेख गरेका छन्।