मोदि गाउँपालिकाद्धारा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्बत, जेठ १६ मोदी गाउँपालिकाले गाउँपालिका भित्र उत्पादन हुने अबैध मदिरा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले अबैध उत्पादन हुने मदिरा नियन्त्रण बारे अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा गाउँपालिका भित्र रहेका स्थानिय ब्यपारी तथा सरोकारवालाहरु संग समबन्य गरी मदिरा नियन्त्रणको बारेमा जानकारी गराईएको थियो । सहभागिहरुले मदिराकै कारण घरेलु हिंसा बढिरहेको र अपराधिक कृयाकलापले प्रशय पाईरहेको समयमा गाउँपालिकाले थालेको अभियान सहनिय रहेको बताएका थिए ।
मदिरा बेचबिखन तथा घरेलु मदिराको उतपादन को प्रभावकारीरुपमा अनुगमन नहुदा समाजमा घटने हरेक घटनामा मदिरा कारक तत्व रहेकाले समस्या आइरहेको भन्दै सकरात्मक काममा आफ्नो साथ र सहयोग रहने सहभागिको भनाई थियो । कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकाले थालेको अबैध मदिरा उत्पादन र बिक्री बितरण्को लागि छुट्टै कदम चालिरहेको बताउँदै यसलाई रोक्न सबैको साथ र सहयोग आबश्यक रहेको बताएका थिए । गाउँपालिका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सेती महतले स्बागत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’