पर्वतमा पनि कृष्णसेन ईच्छुक स्मृति दिवस पर्वतमा पनि मनाईयो

पर्वत /प्र्गतिबादी लेखक तथा पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवस पर्वतमा पनि अन्तरक्रिया कार्यक्रम गरि उनले पत्रकारिता र प्रगतिबादी लेखनमा पु¥याएको योगदानको सम्झना गरियो ।
प्रेस चौतारी नेपाल पर्वत र प्रेस सेञ्टर पर्वतको आयोजनामा कृष्णसेन ईच्छुक दिवस पर्वतको कुश्माबजारमा अन्तरकृया कार्यक्रम आयोजना गरि योगदानको सम्झना गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले कृष्ण सेनले परिर्वतनको पक्षमा निरन्तर कलम चलाउँदा तत्कालिन समयमा आफ्नो प्राण आहुति दिएको स्मरण गर्दै उनको सपना पुरा गर्न अब जनाको सम्बृद्धिको पक्षमा कलम चलाउन आग्रह गरे । उनीहरुले मुलुकका दुई ठुला कम्युनिष्ट पार्टी एक भएकाले अब मुलुकमा समाजबादको बाटोलाई फराकिलो बनाउँदै जान आग्रह गरे । कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि प्रेस चौतारी नेपालका पुर्व वरिष्ठ उपाध्यक्ष दुर्गापशर्माले ईच्छुकले पत्रकारिता स्वसितपिडित जनताका आवजलाई बुलन्द पार्दै समाज परिर्वत दिसामा अगाडि बढेको चर्चा गर्दै ईच्छुकले देखाएको बाटो बाटै समृद्धमा जान सकिने बताए ।

प्रेस सेन्टर पर्वतका संयोजक राजबाबु पिसीको अध्यक्षतमा भएको कार्यक्रमा प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य मुरारी शर्मा संगम, पुर्व एमाले पर्वतका जिल्ला सदस्य विमल लामिछाने मत्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरी र सञ्चालन सहसचिब नवराज गिरीले गरेका थिए ।

ईच्छुक जनादेश र जनदिशा साप्ताहिक पत्रिकाका सम्पादक थिए । उनलाई जनयुद्धको क्रममा ईच्छुकलाई २०५९ साल जेष्ठ ६ गते काठमाडौबाट प्रक्राउगरी महेन्द्र पुलिस क्लवमा राखि यातना दिएर २०५९ जेष्ठ १३ गते हत्यागरीएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’