कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार आचार्यलाई

सन्तोष गौतम,बेनी  /स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ ।

१६ औं कृष्ण सेन स्मृति दिवस पारेर आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका आचार्य दश वर्षदेखि गोरखापत्र दैनिक, नवविकल्प साप्ताहिक र बिकल्प न्युज डटकममा आवद्ध हुनुहुन्छ । नेपाल पत्रकार महासंघ प्रदेश ४ का अध्यक्ष त्रिभुवन पौडेल, पूर्व सांसद गोविन्द पौडेल, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा र सेन्टरका अध्यक्ष कमल खत्रीले आचार्यलाई पुरस्कृत गर्नुभएको थियो ।

वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर स्थापना भएको पचहत्तर रुपैयाँ राशीको कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतिमा हालै थप २५ हजार सहयोग गर्नुभएको थियो । अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष पौडेलले समय र परिवर्तन अनुसार पत्रकारितालाई परिमार्जीत गर्नुपर्ने बताउदै पत्रकारप्रति समाजले गर्ने विश्वास, मर्यादालाई बचाई राख्न पेशामा नरहेकालाई पत्रकार महासंघको सदस्यताबाट सम्मान सहित बिदाई गर्ने नीतिगत ब्यवस्था गरिने बताउनुभयो ।

नेकपाका नेता तथा पूर्व सांसद पौडेल, हरिकृष्ण श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले गाउँतहसम्म पत्रकारिताको पहुँच स्थापित गरी समाज रुपान्तरण, विकास र समृद्धिको अभियान सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महासंघका प्रदेश सदस्य तथा पुरस्कार छनौट समितिका संयोजक सन्तोष गौतम, पुरस्कृत पत्रकार आचार्य, नेपाल प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा सहिद मदन केसीका बुवा खिमबहादुर केसीले सहिद परिवारको भावना समेटिएको कबिता प्रस्तुत गर्नुभएको थियो । प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव सन्दिप खत्रीको सञ्चालन र प्रेस चौतारी म्याग्दीका सचिव प्रताप बानियाँको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’