नेकपा प्रदेश ४ को संसदीय दलमा गुरुङ
पोखरा– नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नं ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी एकीकरणपछि दुवै दलका तर्पबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको आज बसेको पहिलो संसदीय दलको बैठकले गुरुङलाई दलको नेतामा निर्वाचित गरेको प्रदेशसभा सदस्य मायानाथ अधिकारीले जानकारी दिए ।
बैठकमा प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गुरुङलाई संसदीय दलको नेता चयन गर्न राख्नु भएको प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको थियो ।
बैठकले पार्टीको संसदीय दलको विधान निर्माण गर्न प्रदेश सदस्य मायानाथ अधिकारी, रामजीप्रसाद बराल ९जीवन० र गायत्री गुरुङ रहनु भएको तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
त्यसैगरी पार्टीको पदाधिकारी टुङ्गो लगाउन संसदीय दलका नेता एवं प्रदेश नं ४ का मुख्यमन्त्री गुरुङ, पार्टी केन्द्रीय सचिवालय सदस्य रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र केन्द्रिय सदस्य तथा आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान रहनु भएको समिति गठन गरेको छ । संसदीय दलको बैठक ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।