जुवाको खालबाट पक्राउ परेका कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिनदिन देखि प्रहरी हिरासतमा

सदरमुकाम बेनीबाट पक्राउ परेका म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्याल तिनदिन देखि प्रहरी हिरासतमा छन् । छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन ।

विहिबार उनी सहित १४ जनालाई प्रहरीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकालाई म्याद थप गरी जुवा ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।
छन्त्याल पक्राउ परेपछि नेपाली काँग्रेसका माथिल्लो तहका नेताहरुले छाड्न दवाव दिइरहेको  प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले कसैको दवावमा नछाडिने र कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

वडा अध्यक्ष गमान छन्त्याल

व्यापक रुपमा सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद स्थानमा छापा मार्दा १ महिला सहित १४ जनालाई पक्राउ गरीएको प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, जुवा खेली रहेको स्थानबाट रु ५० हजार १४५ नगद समेत बरामद गरि गरिएको हो ।Juwadi lestप्रहरीले बेनीको होटल नमस्तेमा जुवा खेलीरहेका वडा अध्यक्ष छन्त्याल सहित शेर बहादुर पाईजा, , भिम छन्त्याल , जिबन छन्त्याल र सोम ब. छन्त्याल पिपलचोक स्थित ओम बहादुर छन्त्यालको घरमा जुवा खेलीरहेको अवस्थामा घर धनि छन्त्याल सहित, याम बहादुर छन्त्याल , मनोज पुन र टिका पुन ( महिला )लाई पक्राउ गरिएको जनाएको छ । त्यसैगरि गलेश्वर बस्ने केन कार्कीको घरमा खड्क बहादुर गर्बुजा ,बिर बहादुर शेरपुञ्जा , सिकिन्दर बहादुर बानियाँ , बिजय शेरपुञ्जा र केन कार्कीलाई जुवा खेलीरहेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वडा अध्यक्ष छन्त्याल निर्वाचित भए देखि कमैमात्रामा गाउँ जाने गरेको गाउँलेहरुको गुनासो छ । जिल्लाका अरु वडा अध्यक्षहरुले गाउँबाटै सेवा दिइरहेका छन् भने छन्त्याल प्रयाजसो बेनीमै देखिन्छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’