फलेवास नगरपालिकाले १२ विद्यालयका कक्षा समायोजन गर्ने
पर्वत । फलेवास नगरपालिकाले चालु वर्ष भित्रै गर भित्रका १२ सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ । विद्यार्थी संख्या न्यून र दुई विद्यालय बीचको दूरी कम भएकाहरू गाभ्ने तयारी गरिएकोहो। नगरप्रमुख पदमपाणि शर्माका अनुसार नगरपालिका भित्र आगामी चार वर्ष भित्रमा निजी विद्यालय स्वतः सामुदायिकमा विलय हुनेछन् ।
नगर क्षेत्रका सबै ११ वटै वडाका सामुदायिक विद्यालयमा थोरै विद्यार्थी संख्या भएका कक्षा समायोजन गर्ने तयारी गरिएको उनले बताए । त्यसका लागि शिक्षा संयोजक कृष्णप्रसाद श्रेष्ठ सहितका केही कर्मचारीलाई विद्यालय अनुगमनमा खटाइएको छ । टोलीलेचालु महिना भित्रै नगरपालिकालाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदन अनुसार आवश्यक परेका स्थानमा कक्षा थप गर्ने र अनावश्यक कक्षा मर्ज गरिनेछ । फलेवासमा १४ माध्यमिक, ४३ आधारभूत र ४ बालकक्षा छन् । नगरपालिकाले विद्यालयका प्रत्येक कक्षामा कम्तीमा ८ विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएकोछ ।
‘मापदण्ड पुग्नेकुनै विद्यालय भेटिएनन्,‘ नगरपालिकाका शिक्षा संयोजक कृष्णप्रसाद श्रेष्ठले भने, ‘अब पुरानो मापदण्ड घटाएर ६ जना कायम गर्ने सोच बनाएका छौं ।’ मापदण्ड नपुगेका विद्यालयले आगामी वर्ष संख्या बढाए मर्ज गरिएका कक्षा थप गरिने उनले बताए । फलेवासले शिक्षामा सुरु गरेकोयो अभियान मुलुकमैनमुना भएकोनगर प्रमुख शर्मालेदाबी गरे । ‘हामीले सुरु गरेको हाम्रै फलेवास मोडेल हो,’ उनलेभने, ‘सामुदायिकमा ईसीडी र वान गरेर छुट्टैमोडेल बनाएका छौं ।’ नगरपालिकाकोशिक्षाका लागि १७ बुँदे सुधार योजना छ । ‘शिक्षकहरूलाई चार महिना (२३० घण्टे) तालिम दियौं । १२ स्थानमा १ सय ८६ शिक्षकलाई अंग्रेजी माध्यमको शिक्षण तालिम दिइएकोहो,’ उनलेभने, ‘१ सय ८६ शिक्षकलाई तीनपटक परीक्ष्ाँ लियौं । अहिलेकापी जाँच हुँदैछ ।’
चालु शैक्षिक सत्रमा ईसीडी र कक्षा १ सम्म अंग्रेजी माध्यमकोपढाइ सञ्चालन सुरु भइसकेकोउनलेबताए । ‘विद्यालयको अध्ययन गर्दैछौं,’ शिक्षा संयोजक श्रेष्ठलेभने, ‘सबैप्रक्रिया पूरा भएपछि कक्षा समायोजन हुन्छ । विद्यालय खारेज नैहोइन । ईसीडी मर्ज हुँदैनन्। जेठ भित्रै सबै सकिन्छ ।’ विद्यार्थी संख्या बढी भए मर्ज गरेका कक्षा थप गरिने नगरपालिकाले जनाएको छ । फलेवासले सुरु गरेको कक्षा समायोजन र अंग्रेजी माध्यमको अध्यापन सुरु गरेपछि सामुदायिक विद्यालयका शिक्षक, र अभिभावक उत्साहित छन् । ‘हामीलेयस्तोमोडेल पहिल्यैसुरु गरिसकेका थियौं,’ फलेवास ३ को जनसहयोगी माविका प्रधानाध्यापक गणेश थापालेभने, ‘नगरपालिकाले नैसुरु गरेपछि थप सहयोग भयो । अब हामीले मागेको जनशक्ति सरकारले नैसहयोग गर्छ ।’
फलेवास ४ की मीरा कुमारी गौंडेलले अंग्रेजी माध्यम सुरु भएपछि निजी विद्यालयमा पठाएका अभिभावकले आफ्ना छोराछोरी स्थानीय सामुदायिक विद्यालयमा भर्ना गरेको बताइन् । फलेवासले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी अनिवार्य सामुदायिकमै पठाउने नियम लगाउने तयारी गरेकोछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।