हत्यारा प्रेमीलाई पर्वत जिल्ला अदालतको सर्वस्व सहित जन्मकैद फैसला


पर्वत /गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ ।
पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो ।
पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रेमिका २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालीगण्डकीमा फालेका थिए । प्रेमिका शर्मा गर्भवती भएको थाहा भएपछि २०७४ साल माघ १७ गते नदी किनारमा बोलाएर गर्भपतन गर्न दबाब दिएका थिए । उनले लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै आएका थिए । त्यस अघि माघ ५ गते गुल्मीको पुर्तिघाट वजारमा घुम्न आउ भन्दै बोलाएर हिडेकी शर्मा घरमा पेट दुखेको छ औषधी खान जान्छु भन्दै हिडेको र अलि तल पर्ने एक मेडिकलमा उनले स्वास्थ्य परिक्षण समेत गराएको खुलेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’