७७ जिल्लाकै शिक्षा प्रमुखको सरुवा, पर्वतका रमेशको शिक्षा बिभागमा , पर्वतमा उद्दिम पौडेलको सरुवा (हेर्नुहोस् सरुवा सुचीसहित)

काठमाडौं– शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ।

मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो। ४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ।

पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई शिक्षा बिभागमा तानिएको छ भने जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतको प्रमुखमा बिद्यालय निरीक्षक उद्दिमराज पौडेलको सरुवा भएको छ । उद्दिमराज पौडेल महासिला गाउँपालिकामा गाउँ शिक्षा अधिकृतको रुपमा कार्यरत थिए ।

सरुवामा को कहाँ परे?

बाँकी उपसचिव फाजिलमा परेकाले संघ, प्रदेश वा स्थानीय तहमा पठाउने निर्णय शिक्षा मन्त्रालयले गरेको छ।

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’