उच्च शिक्षा निशुल्क र अनिर्वाय बनाउन आवश्यक छ – राष्ट्रियसभा अध्यक्ष तिमिल्सीना


पर्वत /राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उच्च शिक्षा सम्म राज्न्यले निशुल्क र अनिवार्य बनाउन आवश्यक भएकोमा जोड दिएका छन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ४ स्थित हलहले आधारभूत बिद्यालयको भवन उद्घाटन गर्दै तिमिल्सीनाले सम्बृद्ध मुलुक बनाउने योग्य नागरिक उत्पादन गर्न उच्च शिक्षा सम्म निशुल्क र अनिवार्य गर्नुुपर्ने कुरामा जोड दिएका हुन ।
‘मुलुक सम्बृद्ध बनाउने हो भने पहिले आवश्यक पर्ने सबै जनशक्ति तयार गर्न जरुरी छ ’ उनले भने ‘राम्रो जनशक्ति तयार पार्नका लागि राज्यले उच्च शिक्षालाई पनि निशुल्क र अनिवार्य गर्न जरुरी छ’ अहिलेको शिक्षाले उत्पादन गरेको अधिकाँश जनशक्तिले खाडी र मलेसियाका लागि तल्लो तहको श्रम गर्न बाध्य भएको चर्चा गर्दै तिमिल्सीनाले मुलुक निर्माण गर्न बिदेश नजाने र स्वदेशमै बसेर काम गर्ने जनशक्ति उत्पादन गर्न राज्य गम्भीर बन्न आवश्यक छ भने ।


अहिले पनि उचित शिक्षाको अभाबमा गुणस्तरीय जनशक्तिको अभाब मुलुकले खेपीरहेको बताउँदै उच्च शिक्षा सम्म प्रबिधी युक्त बनाउन पनि आवश्यक भएको उनको भनाई थियो । अध्यक्ष तिमिल्सीनाले बिद्यालयमा कार्यरत शिक्षकहरुले नियमित कोर्ष संगै बिद्यार्थीलाई उनीहरुको भबिश्यको सपना बुन्न पनि सिकाउन आग्रह गरे । ‘शिक्षकहरुले नियमित आफ्नो कोर्षका किताब घोकाउने मात्रै होइन, अब मुलुक र आफ्नो भबिश्यको सपना बुन्ने शिक्षा पनि दिनुपर्छ’ उनले भने ’शिक्षकले सपना देखाउने हो भने सबै जनशक्ति यस्तै दुर्गमका बिद्यार्थीबाट पनि निस्कन्छ’
अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले सरकारले संसदमा पेश गरेको निती तथा कार्यक्रमले जनताको सम्बृद्धिको अपेक्षा पुरा गर्ने बिश्वास ब्यक्त गरेका छन । ‘जनताले मुलुकमा सम्बृद्धि र स्थायित्वको खोजी गरिरहेका छन’ अध्यक्ष तिमिल्सीनाले भने ‘जनताको सम्बृद्धिको चाहना पुरा गर्ने गरि आगामी आर्थिक बर्षको बजेट आउने बिश्वासमा छौ’


आकाइहने क्युदो जापानको आर्थिक सहयोग, असल छिमेकी अन्तराष्ट्रियको आर्थिक तथा प्राबिधीक सहयोगमा सोर्डेक नेपाल पर्वतले उक्त बिद्यालयमा चार कोठे पक्की भवन निर्माण गरेको हो । स्थानिय अभिभावकको जनश्रम सहित ६९ लाख रुपैयाको लागतमा भवन निर्माण भएको हो ।


भवन उद्घाटन कार्यक्रममा असल छिमेकी अन्तराष्ट्रियका नेपाल निर्देशक मिन्हो चोई, असल छिमेकी जापानका निर्देशक सतोसी कोइजोमी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रेमप्रसाद पौडेल, असल छिमेकी नेपालका कार्यक्रम ब्यबस्थापक शंकर सुबेदी, सोर्डेक नेपालका अध्यक्ष देबीप्रसाद तिमिल्सीना , स्थानियबासी रामबहादुर अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पथबहादुर फगामी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण अखेलीले गरेका थिए । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सीनाले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरेका थिए भने स्थानिय समुदायले मौलिक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’