सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको प्रमाणित गर्न जनप्रतिनिधीको चुनौती – ‘बैंकका कर्मचारी स्वयम उपस्थित भै ब्यक्तिलाई बितरण गर्दा कसरी दुरुपयोग भयो’

पर्वत /कुस्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधीहरुले सामाजिक सुरक्षाभत्ता दुरुपयोग नभएको स्पष्ट पारेका छन ।
केही दिन यता बिभिन्न सञ्चार माध्यममा जनप्रतिनिधीले मृतकको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको समाचार प्रकाशनमा आएपछि जनप्रतिनिधीले बिज्ञप्ती जारी गर्दै मृतकका नाममा बैंकमा खातामा रहेको रकम हकवालाले बुझ्ने ब्यबस्था भएको र रकम नबुझेका मृतकको नामको रकम बैंक खातामा नै रहेको स्पष्ट पारेका हुन । उनीहरुले जनप्रतिनिधीले एक रुपैया पनि दुरुपयोग गरेको भए प्रमाणित गरिदिन चुनौती समेत दिएका छन ।
डा अध्यक्ष भीमप्रसाद गुरुङ्ग सहित पाँच जना जनप्रतिनिधीहरुले बिज्ञप्ती प्रकाशित गर्दै जनप्रतिनिधी आएपछि जेष्ठ नागरिक, एकल महिला र दलित जेष्ठ नागरिकलाई सेवा दिने उद्देश्यले गाउँमा बैंकका कर्मचारीको रोहबरमा सम्बन्धित ब्यक्तिले चेकमा हस्ताक्षर गरेर रकम बुझाएको स्पष्ट पारेका हुन । २०७४ पौष १ गते गरिमा बिकास बैंक कुस्माबाट खटिएका कर्मचारीले उपस्थित भएका लाभग्राही र निजका हकवालालाई रकम बुझाएपछि बैंकले कार्यालयमा फर्केपछि मात्रै खाताबाट रकम कट्टा गरेका थिए । तर वडा अध्यक्ष र सदस्यहरुले मृतकका आफन्तको रकम बुझेको भनि कपोकल्पित र भ्रामक समाचार प्रकाशन भएको जनप्रतिनिधीले बताएका छन । गत स्थानिय निर्वाचनमा पराजित भएका उमेदवारले झुटो भ्रम फिजाएर सामाजिक प्रतिष्ठा गिराउने प्रयास गरेको आरोप समेत जनप्रतिनिधीले लगाएका छन । सामाजिक सुरक्षाभत्ता बितरण गर्न बैंकबाट कर्मचारीहरु एक दिन गाउँमै बसेर फर्केको र चेक र बाँकी रकम समेत बैंकका कर्मचारीले नै लिएर फर्केको अबस्थामा गलत आरोप लगाउने काम भएको उनीहरुले स्पष्ट पारेका छन ।
कुस्मा नगरपालिका वडा नं १४ का अध्यक्ष भीमप्रसाद गुरुङ्गका अनुसार आधा बासिन्दाहरु पोखरा लगायतका शहर र बिदेशमा बस्दै आएका छन । सामाजिक सृुरक्षाभत्ता पाउने हरेक ब्यक्तिका नाममा गरिमा बिकास बैंक कुस्मा शाखामा ब्यक्तिगत खाता रहेको छ । नगरपालिकाले ब्यक्तिगत खातामा नै सामाजिक सुरक्षाभत्ता निकासा गर्दै आएको छ । यसरी निकासा भएको रकम गाउँमा बितरण गर्दा बैंकका कर्मचारीले सम्बन्धित ब्यक्तिलाई चेकमा हस्ताक्षर गराएर मात्रै दिएका थिए भने अन्यको हकमा भने बैंकमा नै पुगेर स्वयम ब्यक्ति वा निजको हकवाला र इच्छाको ब्यक्तिले रकम बुझ्ने ब्यबस्था छ । वडा कार्यालयले मृत्यु भएका ब्यक्तिहरुको वडा कार्यालयमा जानकारी भएका सबैको ब्यक्तिगत खाता समेत रोक्का गरेको छ । रकम खातामा भएपनि धेरै मृतकका आफन्तले रकम निकालेका छैनन । उक्त रकम राजस्वमा फिर्ता जाने ब्यबस्था छ ।
गरिमा बिकास बैंक कुस्माका प्रमुख प्रेमकिशोर अर्यालका अनुसार गाउँमा सामाजिक सुरक्षाभत्ता बितरण गर्दा पनि चेकमा ब्यक्तिको हस्ताक्षर गरेर बितरण गरेको बताए । वडामा उपस्थित नभएका ब्यक्ति र इच्छाइएका ब्यक्तिले बैंकका बिभिन्न शाखामा पुगेर रकम बुझ्दै आएका छन ।

बिज्ञप्तीको पुर्णपाठ

कुस्मा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
वडा कार्यालय, वडा नं १४
कुस्मा नगरपालिका वडा नं १४ मा जनप्रतिनिधीहरु निर्वाचित भएपछि जनप्रतिनिधीहरुले जनताका समस्यामा साथ दिदै आइरहेको कुरा सर्वबिदीतै छ । जनताका दैनिक सिफारिस बिकास निर्माणका काममा निष्पक्ष रुपमा दिनरात नभनी जनप्रतिनिधीहरु खटिरहेको अवस्थामा गत स्थानिय निर्वाचनमा पराजित भएका उमेदवारहरुले आफ्नो राजनैतिक अस्तित्व समाप्त हुने डरले पछिल्ला दिनमा अनेक प्रपोगण्डा फिजाउने काम भैरहेको प्रति यस वडा कार्यालयको ध्यानाकर्षण भएको छ । गलत नियतका साथ बिभिन्न दैनिक, साप्ताहिक र अनलाईन र रेडियोहरुमा समेत भ्रामक समाचारहरु प्रकाशित भएको प्रति गम्भीर आपत्ती जनाउन चाहन्छौ
हामी जनप्रतिनिधीहरु आएपछि गाउँमा नै सामाजिक सुरक्षाभत्ता बितरण गर्ने प्रतिबद्धता अनुसार २०७४।०९।०१ गते गरिमा बिकास बैंक कुस्माका प्रतिनिधीहरुले आफै रकम लिएर गै हरेक लाभग्राहीलाई स्वयम उपस्थित भै चेकमा सही गराएपछि मात्रै निजले नगद बुझेको कुरा कुरा स्पष्ट पार्न चाहन्छौ । बैंकका कर्मचारीलाई गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने वातावरण मात्रै वडा कार्यालयले बनाएको तर उपस्थित भएका जेष्ठ नागरिक, एकल महिला र जेष्ठ दलितहरुलाई बैंकका कर्मचारीले हस्ताक्षर पहिचान गरेर बितरण भएको हो । गाउँमा नगद बितरण भएपछि बैंकका कर्मचारीले कार्यालयमा गएर मात्रै चेकबाट नगद कट्टा भएको कुरा स्वयम बैंकमा पुगेर बुझ्ना सकिन्छ । बैंकमा सामाजिक सुरक्षा अन्र्गतगतका हरेक ब्यक्तिको निजीखातामा रकम पठाउने ब्यबस्था छ । गाउँमा उपस्थित नभएका लाभग्राही वा निजको हकवाला तथा इच्छाइर्एको ब्यक्तिले बैंकमा पुगेर स्वयँ रकम निकालेका छन । कुनपा १४ आर्थर डाडाँखर्कका आधा बासिन्दा पोखरा र अन्य शहर तथा बिदेशमा बस्दै आएका छन । उनीहरु र हकवालाले बैंकमा नै रकम बुझ्छन । यस्तो अवस्थामा बैंकमा ब्यक्तिगत खातामा जम्मा भएको रकम वडा अध्यक्ष र सदस्यले कसरी दुरुपयोग गर्न सक्छौ । वडाका जनप्रतिनिधीले कहिँकतै रकम लिएको भए प्रमाणित गरेर देखाउन गलत समाचार समाचार प्रकाशन प्रसारण गर्ने सम्बन्धित सञ्चार माध्यम र सुचना दिने ब्यक्तिलाई चुनौती दिन चाहन्छौ । मृतकहरुले मृत्यु दर्ता गरेपछि उनीहरुको वडामा जानकारी आए सम्मका ब्यक्तिको बैंक खाता समेत रोक्का गरिएको छ । मृतकका खातामा रहेको रकम समेत धेरै हकवालाले बैंकबाट नझिकेका कारण खातामा नै रहेको देखिन्छ । खाताबाट रकम झिकेका भए सम्बन्धित ब्यक्तिबाट असुल गर्न सकिन्छ । यस्तो अवस्थामा अर्नगल प्रचार गरि सामाजिक प्रतिष्ठामा समेत आँच पु¥याउनेहरुले गल्ती महसुस गरि क्षमायचना गर्न आग्रह गर्दछौ । हामी सम्बन्धित सञ्चार माध्यमलाई गल्ती भए पुष्टि गर्न र अन्यथा माफी मागेर आफ्नो गलत काम सच्चाउन हार्दिक आग्रह पनि गर्दछौ । आगामी दिनमा सम्बन्धित बिषयमा नबुझेर बिना आधार समाचारहरु प्रकाशन प्रसारण नगर्न पनि आग्रह गर्दछौ ।
भिमप्रसाद गुरुङ्ग – अध्यक्ष
नन्दकला क्षेत्री – नगर कार्यपालिका सदस्य
होमनाथ रिमाल – वडा सदस्य
इन्द्रबहादुर गुरुङ्ग – वडा सदस्य
देबीकुमारी बिक – वडा सदस्य

बितरण गरेको बताए । वडामा उपस्थित नभएका ब्यक्ति र इच्छाइएका ब्यक्तिले बैंकका बिभिन्न शाखामा पुगेर रकम बुझ्दै आएका छन ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’