३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे सार्वजनिक, सुन काण्ड अनुसन्धान गर्न कठिन -समिति

काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरण जेरीजस्तै जेलिएको अवस्थामा रहेकाले अनुसन्धान समितिले जनाएको छ । जेठ मसान्तसम्म म्याद थप गरिएको समितिले यो विषय जेरी जस्तै जेलिएकाले केही जटिलता पनि रहेको बताएको हो ।
मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परी सार्वजनिक गरिएको कार्यक्रममा समितिका संयोजक ईश्वरराज पौडेलले अहिले यो विषय अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने जानकारी गराए ।

“हामी गम्भीर विषयमा अनुसन्धान गरिरहेका छौं,” समितिका संयोजक पौडेलले पत्रकारहरुसँग भने, “ हामी गम्भीर विषयमा अनुसन्धान गरी जसरी भित्र प्रवेश गरेका छौं । हामीले मोवाइल अफ गरेर अनुसन्धान गरेका छौं । त्यसैले पनि अहिले यो विषयमा धेरै बोल्न मिल्दैन ।”

उनले मोरङ उर्लाबारीका गोरे काठमाडौंको गौरीघाट क्षेत्रमा बस्दै आएको बताए ।

ad ad
“फरार रहेकै अवस्थामा सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी जारी राखेका थियौं,” समितिका संयोजक पौडेलले भने, “उनी काठमाडौंभित्र आएको विशेष सूचनाका आधारमा आधारमा हामीले तीनदिनदेखि खोजी जारी राखेका थियौं । उनी गौरीघाट क्षेत्रमा बस्दै आएको गोप्य स्रोतबाट जानकारी पाएपछि आज बिहान ५ बजेर ३४ मिनेट जाँदा उनलाई गौरीघाट क्षेत्रबाटै पक्राउ गरिएको छ ।”

समितिले गोरेसँग बयान पनि लिइसकेको छ ।

“यो विषय जटिल र गम्भीर प्रकृतिको छ,” समितिका संयोजक पौडेलले भने,“संगठित अपराध भएकाले गम्भीर देखिएको हो । यो जेरी जस्तै जेलिएको छ । हरेक जेरीलाई सेलरोटीजस्तै फुलाउँदै छुट्याउनुपर्ने अवस्था छ ।”

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’