यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य , पर्वतबाट बिजय र गुप्त सदस्य बने(सुची सहित)

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।

हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।

यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।

उक्त नामलाई महासचिवले अन्तिम रुप दिएका छन् । पर्वतबाट केन्द्रिय समितिमा पुर्ब एमालेका केन्द्रिय सदस्य बिजय गुरु र माओबादी केन्द्रबाट पुर्ब पोलिटब्युरो सदस्य गुप्त हमाल केद्रिय समितिमा सदस्य बनेका छन । बिजय र गुप्त दुबै जना मोदीगाउँपालिका ७ राम्जाका बासिन्दा हुन । यस अघि एमालेका पोलिटब्युरो सदस्य रहेका गणेश तिमिल्सीना राष्टिय सभाको अध्यक्ष र माओबादीका पोलिटब्युरो सदस्य नेत्रनाथ अधिकारी प्रदेशसभामा सभामुख भएकाले केन्द्रिय समितिमा परेका छैनन ।

यी नाम औपचारिक रुपमा भने बाहिर आउन वाँकी छ ।

यसलाई आज नै सार्वजनिक गर्ने तयारी छ ।

४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् ।

यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ ।

गत जेठ ३ गते एकता गरेका एमाले र माओवादीले महाधिवशेनसम्मका लागि भन्दै दुई अध्यक्षको व्यवस्था गरेका छन् ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकीकृत पार्टीका अध्यक्ष छन् ।

बिष्णु पौडेल महासचिव भएका छन् ।

यसबाहेक एकीकृत पार्टीलेसंगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।

उक्त कमिटीमा पार्टीका नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् ।

सो पार्टीले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरू रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।

यसबाहेक जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय भएको छ ।

१५ दिनभित्र यी काम पुरा हुने जनाइएको छ ।

नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।

एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो ।

यी हुन् नवगठित नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यहरुको सूची

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’