के-के छ सरकारकाे नीति तथा कार्यक्रममा ? (यस्ताे छ पूर्णपाठ)
काठमाडौँँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ । एकल बहुमत सहितको कम्युनिस्ट सरकारले सम्वृद्धिका योजना समेटेर आगामी दिनमा गर्ने कामहरुको क्यालेन्डरसहित आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार वाम गठबन्धनको चुनावी घोषणापत्रमै आधारित भएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो । सरकारले सार्वजनिक गरेको निति तथा कार्यक्रममा तीब्र आर्थिक गतिको विकासलाई सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको पाइएको छ । ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य सरकारकोे प्राथमिकतामा परको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले नै अनुभूत गर्नेगरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सरकार अघि बढ्ने कार्ययोजना छ । याे खबर नेपाल समाचारपत्रमा छ ।