मलेशिया जाने कामदारबाट साढे पाँच अर्ब ठगी
सरकारले मलेसिया जाने कामदार ठगी गर्ने संस्थाहरूमाथि कारबाही सुरु गरेको छ । राहदानी संकलन, भिसा प्रोसेसिङ, प्रहरी रिपोर्ट तयार गर्ने (आइएससी), मेडिकल रजिष्ट्रेसन (माइग्राम्स) र स्वास्थ्य परीक्षण (बायोमेट्रिक)का नाममा कामदारबाट अर्बौँ रुपैयाँ ठगी गर्ने संस्थाका सञ्चालकमाथि कारबाही थालिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न ४८ जनालाई आइतबार पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले बताए । मलेसिया जाने कामदारलाई ठगी गर्नेमा मलेसिया भिएलएन नेपाल, जिएसजी, माइग्राम्ससहित ३७ स्वास्थ्य संस्था पनि सक्रिय थिए । ती संस्थाहरूले ०७० कात्तिकदेखि गत चैतसम्म कामदारबाट ५ अर्ब ४५ करोड ८ लाख २४ हजार १ सय रुपैयाँ ठगी गरेका छन् । नयाँ पत्रिकाबाट ।