जापानमा गरियो राष्ट्रियताको चर्चा

सुजन केसी, जापान /जापानमा आयोजित ‘राष्ट्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको राष्ट्रियतक विषयमा चर्चा गरेका छन् ।
फुकुओका नेपाल सोसाईटी जापानले आयोजना गरेको उक्त कार्यक्रम सहभागीहरुले राष्ट्रियताका बिषयमा बहस गरेका थिए ।
कार्यक्रममा नागरिक समुहका अध्यक्ष निगम हुमागाईले नागरिक समुहले प्रबाशमा रहने नेपालीहरुले आफ्नो राष्ट्रियता प्रति सधै गर्व गर्दै देश बिकासमा जुट्दै आएको बताएका थिए । उनले नागरिक समुहले अब देशमा कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने, आरक्षण कोटामा पनि प्रत्यक्ष निर्वाचन हुनुपर्ने र नेपाली नागरिकता नत्यागेको व्यक्तिले विदेशको कुनै पनि ठाउँबाट अनलाईन मार्फत मतदान गर्न पाउनुपर्ने विषयमा आवाज उठाउने जानकारी दिए ।
कार्यक्रममा नेपाल जापान पर्यटन सद्भावना दुत अनुज थापा, एनआरएन क्युसुका अध्यक्ष तथा फुकुओका नेपाल सोसाईटी जापानका पूर्वाध्यक्ष लक्ष्मण बानिया, पूर्वाध्यक्ष छत्र दाहाल, नेपाल सरकारका उपसचिव अशोक क्षेत्री, नेपाल जापान लायन्स क्लवका अध्यक्ष अर्जुन थापा लगायत ले प्रवाशी नेपालीका अधिकार र राष्ट्र निर्माणमा उनीहरुको भूमिकाको बारेमा प्रकाश पारेको सोसाईटीका उपाध्यक्ष शिव शर्माले जानकारी दिए ।
फुकुओका नेपाल सोसाईटी जापानका अध्यक्ष नवीन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारीले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’