लम्फू – शहर पसेका तीन युवाको कथा

काठमाडौं : गोपालचन्द्र लामिछानेको निर्देशन रहेको फिल्म लम्फू अहिले प्रदर्शन भइरहेको छ । फिल्ममा कविर खड्का, सलोन बस्नेत, मरिस्का पोखरेल, कुसुम श्रेष्ठ (तरकारीवाली) आदिको अभिनय छ । फिल्मले बेरोजगार युवाको सपना, सहरको व्यक्तिवादी चरित्र र प्रेमसम्बन्ध देखाएको छ । एउटा बेरोजगार युवाको जीवनमा आउने आरोहअवरोह फिल्मको मुख्य विषयवस्तु हो ।

पर्वतका तीन युवा धनी बन्ने सपना देख्छन् । अमेरिका गएर टन्न पैसा कमाएर ऐसआरामको जिन्दगी बिताउने रहर हुन्छ उनीहरूको । अमेरिकाका विभिन्न सहरको नाम लिँदै प्रेमिकासँग बरालिएको, थरीथरीका परिकार खाएको, बोटमै फलेझैं पैसा टिपिरहेको सपनामा मग्न हुन्छन् उनीहरू । सपनाको दुनियाँमा मस्त घुम्ने उनीहरू वास्तविक जीवनमा भने ‘लम्फू’ कहलिन्छन् । उनीहरूको भूमिकालाई आम नेपाली बेरोजगार युवाको प्रतिनिधि चरित्र मान्न सकिन्छ । काम गरेर पैसा कमाउँछु भन्ने सोच भएका तर रोजगारीको कुनै स्रोत नभेटका तीन युवा छन् फिल्ममा । यस्ता युवा धेरै छन् जो आफ्नै गाउँठाउँमा पैसा कमाउने कुनै बाटो नै देख्दैनन् । तर, फिल्ममा उनीहरू परि श्रम गरेर पैसा कमाउने बाटोमा लागेको देखिँदैन ।

फिल्मले उजागर गरेको अर्काे पक्ष हो, सहरको व्यक्तिवादी प्रवृत्ति । सहर कसरी व्यक्तिवादी बन्दैछ ? आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न मानिसले कसरी अरूलाई प्रयोग गर्छन् भन्ने पक्षलाई फिल्मले राम्रोसँग उठाएको छ ।

सहरमा हरेक दिन मान्छे कसरी ठगिन्छन् ? मानिस एकअर्कामा कसरी प्रयोग हुन्छन् भन्ने तथ्य फिल्ममा देखाएको छ । फिल्ममा एउटा पात्र आफ्नी श्रीमती बचाउन अर्काको ज्यान लिन खोज्छ । मान्छेहरू अपराधको कुन तहसम्म पुग्न सक्छन् भन्ने एउटा दृष्टान्त हो यो । यो घटनाले दर्शकलाई विचलित गराइदिन्छ । फिल्मको मुख्य पात्रलाई विदेश लगेर मार्ने गोप्य योजना बुनिएको छ । सो गुप्त योजना के हो ? गाउँबाट सहर पसेको मुख्य पात्रले भोगेका अनगिन्ती उतारचढावबीच फिल्म अघि बढ्छ ।

फिल्मको अर्को रमाइलो पक्ष हो– प्रेम कथा । मुख्य पात्र दोषी होइन भन्नेबारे दर्शक जानकार छन् । तर मुख्य पात्र एकपछि अर्को समस्यामा फस्दै जान्छ । दर्शकलाई छटपटी हुन्छ । गल्ती नै नगरी अपराध स्वीकार गरी मुख्य पात्रले प्रेमिकाका लागि गाउँ छाडेको दृश्यले दर्शकलाई भावविह्वल बनाउँछ ।

फिल्ममा पर्वतका सुन्दर दृश्य देख्न सकिन्छ । अग्ला पहाड, खोलानाला, झोलुंगे पुल, वनजंगलले दर्शकलाई लोभ्याइरहन्छ । प्राकृतिक सौन्दर्यलाई सुन्दर तरिकाले फिल्ममा देखाइएको छ । यद्यपि नेपाली सिनेमाले दशकौंदेखि व्यहोरेको दुर्दशाबाट लम्फू पनि मुक्त छैन ।अन्नपुर्णपोष्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’