नेपाल कम्युनिष्ट पार्टीः राज्य संयन्त्रमा पनि शक्तिशाली

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को राज्य संयन्त्रमा पनि बलियो पकड कायम गरेको छ ।

एकीकरणपछि मुलुकमै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । राज्यका तीन तह(संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

दुई दलबीच एकतापछि नेपालको राजनीतिक इतिहासमा उल्लेख्य जनमत प्राप्त यो दलको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टीको एकमना सरकारको नेतृत्व गरेका छन् । सरकारमा यही पार्टीका ४ राज्यसहित २१ मन्त्री छन् ।

पार्टी एकीकरणसँगै संघीय संसदमा ३ सय ३४ सीटमध्ये नेकपाको पक्षमा २ सय १७ स्थान कायम भएको छ । जुन ६४.९७ प्रतिशत हो ।

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभातर्फका २ सय ७५ सीटमध्ये १ सय ७४ र राष्ट्रियसभातर्फ ५९ मध्ये ४३ सिटमा नेकपाको प्रतिनिधित्व छ ।

सातवटा प्रदेशमध्ये दुई नम्बरबाहेक अन्य यही पार्टीको एकमना सरकार छ । अन्य प्रदेशसभामा यही दलको एकलौटी बहुमत छ । -नागरिक दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’