गणतन्त्र दिवस समारोहमा समितिमा पुर्व राजा ज्ञानेन्द्र शाहलाई पनि राख्ने प्रम ओलीको चाहना

फाइल तस्बीर

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका छन्। गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्।

‘यस बर्ष यस्तै भयो, अर्को बर्ष गणतन्त्र मनाउने मूल समारोह समितिमा रहन म आफै प्रस्ताव लिएर पूर्वराजा कहाँ जानेछु’ ओलीले भने, ‘अब राजतन्त्र फर्कंदैन। त्यसैले, राजतन्त्र फर्कन्छ भन्ने भ्रम छाडेर पूर्वराजा पनि गणतन्त्र मनाउन हामीसँगै आउनु पर्छ।’

राजतन्त्रलाई धर्मसँग जोड्ने गरिएको कुराप्रतिपनि ओलीले बैठकमा आपत्ति जनाएका थिए। ‘शाह राजबंशको ईतिहास २ सय ४० बर्षको हो, तर सनातन हिन्दू धर्म परापूर्व कालदेखि चलेको हो’ ओलीले भने, ‘त्यसैले, सनातन हिन्दू धर्मलाई राजतन्त्रसँग जोड्नु हुँदैन।’

आफूले २०२३ सालमा संयुक्त राष्ट्रसंघको बडापत्र पढेको बताउँदै ओलीले कसैको जन्मसिद्ध अधिकार भन्ने पाखण्डी कुरा भएको बताए। ‘शासनमा जन्मसिद्ध अधिकार भन्ने कसैको पनि हुँदैन’ ओलीको भनाई थियो, ‘शासन गर्ने अधिकार त जनताको मन जितेर, प्रतिस्पर्धाबाट मात्र प्राप्त गर्न सकिन्छ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’