अब कम्युनिष्टहरुलाई ढाल्न सक्ने कोही छैनः प्रधानमन्त्री ओली

काठमाडौं । एमाले–माओवादी पार्टी एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि एकजुट भएर देश बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा ओलीले भने, ‘होच्चयाउन खोजेको होइन्, अब के स–साना पसलहरु थापेर बस्ने ? आउनुहोस् एकजुट भएर देश बनाऔं ।’

प्रधानमन्त्री ओलीले अफ्ठ्यारा–अफठ्यारा समस्या सिर्जना गरेर कुनामा बस्ने कम्युनिष्ट सिद्वान्त होइन् भन्दै छरिएर होइन, एक भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले विप्लव माओवादीप्रति लक्षित गर्दै भने, ‘जिद्दी भएर सुतली बम पड्काउँदै होइन्, यत्रो सम्भावना भएको बेला आउनुहोस् राष्ट्रको संकल्पमा रहेर अगाडि बढ्यौं ।’

‘अब कम्युनिष्ट पार्टी अगाडि बढ्ने कुरा कुनै शंका छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘आजको दिनसम्म कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एक्लै बहुमत छ ।’

ओलीले भने, ‘यसअघि मिलीजुली ६ वटा प्रदेशमा सरकार थियो । अब एउटै पार्टीको ६ वटा प्रदेशमा सरकार छ । हामीसँग स्थानीय निकायमा एक्लै बहुमत पुग्दैनथ्यो अब पुग्छ । केन्द्रीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकार हाम्रै हातमा छ ।’

प्रधानमन्त्री ओलीले अब हामीलाई ढाल्न सक्ने कोही नभएको बताए । उनले भने, ‘अब हामी सहि नीतिका साथ अगाडि बढ्नेछौं ।’

‘तानाशाही प्रवृति देखाउनको लागि हामीले पार्टी एकता गरेर बहुमत पुर्याएको होइन । भ्रष्टाचार रोक्नको निम्ति पार्टी एकता गरेर बहुमत पुर्याएका हौं ।’ ओलीले भने ।

ओलीले एकचोटी चुनाव हार्दैमा नेपाली कांग्रेस आत्तिएको समेत बताए । उनले भने, ‘प्रतिपक्षमा रहेर वैचारिक भूमिका खेल्नुस्, आफ्नो प्रतिष्ठा किन झार्नुहुन्छ ?’

अन्त्यमा ओलीले छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्छौं । सुमधुर सम्बन्ध राखेर मात्र सहयोगको लागि अपिल गर्ने बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’