हामी मिसिएको होइन, अन्तरघुलित भएका हौं : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कुनै एक पार्टीमा विलिन भएको नभइ अन्तरघुलित भएको बताएका छन् । नेकपाको घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनाव हार्दैमा नअत्तालिन कांग्रेससँग पनि आग्रह गरे ।
“मिसिएको होइन, अन्तरघुलित भएका छौं,” उनले भने, “यो कसैका विरुद्ध होइन । कोही आत्तिनुपर्दैन ।”
उनले हिन्द महासागरमा नदी मिसिएजस्तै अब को कुन पार्टीको भन्ने नहुने प्रतिवद्धता जनाए । “अघिसम्म एमाले भन्यौं । माओवादी केन्द्र भन्यौं । अघिसम्म प्रचण्डजी अर्को पार्टीको हुनुहुन्थ्यो । म अर्कै पार्टीको थिएँ । मैले प्रचण्डजीलाई तपाइँको माओवादी केन्द्र सिद्धियो भन्दा उहाँले पनि तपाईँको एमाले पनि सिद्धियो भन्नुभयो । मैले त्यही जवाफका लागि भनेको थिएँ । अब दुवै पार्टी सिद्धियो । एउटाले अर्कोमा विलय गर्न खोजेको हो कि के हो भनेर पनि आशंका थियो । त्यो होइन,” उनले भने ।
उनले वैधानिक हिसावले कांग्रेस प्रतिपक्ष भएपनि गुण र दोषका आधारमा राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आग्रह गरे ।
“अलिकति चुनाव हारेपछि उहाँहरु आत्तिनुहुन्छ,” उनले भने, “राष्ट्र निर्माणको वैधानिक भूमिका खेल्नुस् । जनताले आश्चर्य मान्ने खालका काम गरेर हुँदैन । तानाशाहीका लागि एकता आवश्यकता परेको होइन । देश बनाउने संकल्पका लागि हो । भ्रष्टाचार रोक्नका लागि, म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।”

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’