नेकपाका केन्द्रिय सदस्यले लिए सामुहिक सपथ
काठमाडौं। दुई वाम पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्यहरुले सामुहिक रुपमा बिहिबार बालुवाटारमा सपथ लिएका छन् ।
केन्द्रिय सदस्यहरुको सपथअघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई शपथ गराएका थिए । नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तको पालना गर्ने वाचा गर्दै नयाँ पार्टीका सम्पूर्ण सदस्यले सपथ लिएका हुन् ।
आजै बेलुका नयाँ पार्टी घोषणाको खुशियाली मनाउन ४ सय ४१ केन्द्रीय सदस्यलाई बालुवाटारमा रात्री भोज खुवाउने कार्यक्रम पनि रहेको छ ।