ओलीले प्रचण्डलाई, प्रचण्डले ओलीलाई सपथ खुवाए
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा सपथ लिएका छन् । केहीबेर अघि बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा सपथ लिएको हो ।
बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए ।
त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए । सपथ लिएलगत्तै अहिले केहीबेरमा राष्ट्रियसभागृहबाट पार्टी एकीकरणको घोषणा गरिदैछ ।