मदन भण्डारी स्मृति दिवसमा एमाले माओवादीबीच पार्टी एकता,४ विषयमा सहमति

ulएमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका सम्बन्धमा ४ विषयमा सहमति भएको छ।

सहमतिपछि सरकारको नीति तथा कार्यक्रम आउनु अगावै एमाले माओवादी केन्द्रबीच पार्टी एकता हुने सम्भावना बढेको छ।

सरकारको नीति तथा कार्यक्रम ७ जेठमा ल्याउने भएकाले त्यसअगावै ६ जेठसम्म दुई पार्टीबीच एकता भइसक्ने अनुमान गरिएको छ।

सहमतिहरु
विवादित विषयमध्ये संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्ध शान्तिपूर्ण संघर्षलाई हेर्ने दृष्टिकोणमा ओली–प्रचण्डबीच सहमति भएको हो।

विवादित विषयमध्ये संगठनात्मक स्वरुप अन्तर्गत एकिकृत पार्टीको केन्द्रीय कमिटी झण्डै ४ सय सदस्यीय बनाउने सहमति भएको छ।

जस अनुसार एमालेको तर्फबाट २ सय ६ जना र माओवादी केन्द्रबाट २ सय जना राखेर केन्द्रीय कमिटी बनाउने सहमति दुई नेताबीच भएको छ।

एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’ का राम्रा कुरा समेटेर ‘जनताको जनवाद’ नामक नयाँ कार्यनीति बनाइनेछ।

यसैगरी राजनीतिक प्रतिवेदनमा राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धको र एमालेको शान्तिपूर्ण संघर्षको यथोचित रुपमा सकरात्मक चर्चा गरिने भएको छ।

यसैगरी एकिकृत पार्टीको चुनाव चिन्ह सूर्य चिन्ह हुने भएको छ। ओ

ली प्रचण्डबीच उपरोक्त ४ विषयमा भएको सहमतिलाई दुबै पार्टीको बैठकले अनुमोदन गरेपछि दुबै पार्टीबीच एकता हुनेछ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’