मकालु एयरको जहाज जुम्लामा दुर्घटनाग्रस्त, दुवै पाइलटको मृत्यु

काठमाडौं । बिहानदेखि बेपत्ता रहेको मकालु एयरको जहाज जुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जुम्लाको खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यसअघि विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बाजुरामा फोर्स ल्याण्ड गर्नुपरेको बताएका थिए ।

दुर्घटनामा परेको जहाजका पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार जहाज तीन टुक्रा परेको छ ।

सुर्खेत विमानस्थलबाट सिमिकोटका लागि उडेको मकालु एयरको एकल इन्जिनयुक्त जहाज सिमिकोट विमानस्थलदेखि ७.७ नटिकल माइल दक्षिणपूर्व खार्पुनाथ गाउँपालिकामा दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु भएको विमानस्थल उद्दार समन्वय केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’