कलियुगका भगवान, जसले बचाए २४ लाख बच्चाको ज्यान

अष्ट्रेलियामा एकजना यस्ता मानिस छन् जसले अहिलेसम्म २४ लाख बच्चाको ज्यान बचाएका छन् । डाक्टरहरु पनि यी वृद्धलाई भगवानको रुपमा मान्छन् ।

जीवनमा २४ लाख बच्चाको ज्यान कसरी जोगाए त ती वृद्धले ? वास्तवमा उनले रक्तदान गरेर यतिधेरै बच्चाको ज्यान जोगाए ।

८१ वर्षका जेम्स हेरिसनको रगत निकै विशेष छ । उनको रगतमा यस्तो विशेष तत्व छ कि जुन प्रायः मानिसमा पाइँदैन ।

जेम्सको रगतमा पाइने एन्टीबडीलाई एन्टी डी भनिन्छ । यो एन्टीबडीले गर्भमा बढिरहेको बच्चालाई ब्रेन ड्यामेज तथा अन्य विभिन्न घातक रोगसँग लड्ने शक्ति प्रदान गर्दछ । त्यसैले त्यस्तो रोगको जोखिममा रहेका गर्भावस्थाका बच्चाहरुका लागि उनले रक्तदानबाट उपचार हुने गरेको छ । जसका कारण त्यस्तो रोगबाट मर्ने जोखिममा रहेका लाखौँ बालबालिकाको ज्यान जोगिएको छ ।

पछिल्लो ६० वर्षमा उनले ११७३ पटक रक्तदान गरेका छन् । आफ्नो जीवनमा उनले अहिलेसम्म १२ सय पटक रक्तदान गरे । वृद्धावस्थाका कारण अबचाहिँ उनलाई रक्तदान नगर्न डाक्टरहरुले चेतावनी दिएका छन् । अबदेखि रक्तदान गर्न नपाउने कुराले उनी चिन्तित छन् ।

सन् १९६४ देखि हालसम्म हेरिसनले दान गरेको रगतबाट गर्भमा रहेका २४ लाख बालबालिकाको ज्यान जोगिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’