७९ बर्षिया अपांग बृद्धा बलत्कारको आरोपित पर्वतका एक युवा थुनामा
पर्वत /मुख नबोल्ने ७९ बर्षिया अपाङगता भएकी बृद्धा बलत्कारका आरोपित थुनामा परेका छन् ।
पर्वतको मोदी गाउँपालिका वडा नं १ का २० बर्षिय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् ।
पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश धु्रबप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको हो ।
परियारलाई बैशाख ६ गते मोदी गाउँपालिका ३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ बर्षिया अपांग बृद्धालाई बलत्कार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणी अन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । बैषाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा बृद्धालाई बलात्कार गरेपछि पिडीतले आफन्तलाई जानकारी दिएकी थिइन् । बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफुँले मदिराको नशाँमा रहेको समयमा बलात्कार गरेको प्रहरी संग स्विकार गरेका थिए ।