सिलवाल प्रकरण फेरि बल्झियो, अनुसन्धान हुने
काठमाडौ /एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुन अनुसन्धान हुने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअधि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइन पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी गरेको छ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाइल प्रहरी परिसर काठमाडौंलाई फिर्ता गर्न लागिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले भने उक्त अभियोगमा अहिले कुनै प्रक्रिया अघि नबढेको दाबी गरे। ‘अहिले केह प्रक्रिया अघि बढेको छैन तर फाइल कि अनुसन्धानका लागि प्रहरी परिसर जान्छ कि अदालतमा पेस हुन्छ। दुईमध्ये एक हुन्छ, त्यो छिट्टै हुन्छ,’ दाहालले भने। नागरिक दैनिकबाट