कामना सेवा विकास बैंकको ४८ औ शाखा कुस्ममा


पर्वत /कामना सेवा विकास बैंक लिमिटेडले पर्वतको कुस्माबजारमा ४८ औ शाखा स्थापना गरेको छ ।
कुस्मानगरपालिका वडा नं ५ बड्गाउँमा स्थापना गरिएको शाखाले सोमबार देखि कारोबार शुरु गरेको छ ।

कुस्मामा सबै प्रकारका बैकिङ्ग सुबिधा सहित कारोबार शुरु गरिएको शाखा प्रबन्धक हरिबंश वाग्लेले बताए । बैंकको २ अर्ब २८ करोड चुक्ता पुंजी र निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको छ । बैंकले वित्तीय पहुंच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप १० वटा शाखा संचालनमा ल्याई कारेवार संजाल विस्तार गर्ने रणनीति सहित अगाडी बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी दिए ।

बैंकले कुस्माबजार संगै लमजुङ्गको सुन्दरबजारमा पनि एकै दिन अर्को शाखा सञ्चालनमा ल्याएको छ । काठमाण्डौको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले अहिले लगातार रुपमा शाखा बिस्तार गर्दै गहिरहेको छ । बैंकले हालै काठमाण्डौं महानगरपालिकाको ज्ञानेश्वर, धादिङको गल्छी गांउपालिको गल्छी बजार साथै अघिल्लो हप्तामा रुपन्देहीको शुद्धोधन गांउपालिको फर्साटिकर बजार, दाङको लमहि नगरपालिकाको लमहि बजार, कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा र रोल्पाको रुन्टीगढी गांउपालिकाको होलेरी बजारमा शाखा बिस्तार गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’