पर्वतमा चट्याङ लागेर ८ वटा घरमा क्षती, ६ महिने बालक घाईते

पर्वत । पर्वतको बिहादी गाउँपालिका १ वाच्छामा चट्याङ लागेर ८ वटा घरमा क्षती पुगेको छ भने एक ६ महिने बालक घाईते भएका छन् । सोमबार राती परेको चट्याङले साविकको बाच्छा गाविस २ उकाला भन्ने ठाउँका घरहरुमा क्षती पुगेको हो ।

चट्याङको छिर्काले लागेर चोला नेपालीका ६ महिने छोरा चित्रबहादुर नेपाली घाईते भएका छन् । स्थानीय उत्तम परियारका अनुसार डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैसी मरेको छ । तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलवहादुर बि.क, सुनबहादुर बि.क, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर बि.क. को घरमा चट्याङ लागेर क्षती भएको छ ।

बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले बिहान बर्षा संगै बिहान ३.४५ बजेतिर चट्याङ परेको जानकारी दिनुभयो । चट्याङ लागेका घरहरु मध्ये अधिकाँश चर्किएर कामै नलाग्ने भएका छन् । दलित समुदायको वस्तीमा परेको प्राकृतिक विपत्तीले स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो । घटना लगतै पुगेको प्रहरीले क्षतीको बिबरण अहिले संकलन गरिरहेको छ । क्षतीको सम्पूर्ण लेखाजोखा नभईसकेको प्रहरी प्रमुख हरिजनले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’