आर्थर डाडाँखर्क समाज कतारमा नयाँ नेतृत्व

पर्वत /सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित आर्थर डाँडाखर्क समाज कतार समाजमा लेखनाथ रिमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको कतारमा सम्पन्न दोस्रो अधिबेशन तथा वार्षिकोत्सव कार्यक्रमले रिमालको नेतृत्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा सन्तबहादुर गुरुङ र गंगा नेपाली सचिबमा कुमार क्षेत्री, सहसचिबमा रमेश पौडेल र कोषाध्यक्षमा विजय रिमाल तथा मनबहादुर जिसीलाई चयन गरेको छ । कार्यसमितिका सदस्यहरुमा दिपक बानिँया, अर्जुन सुनार, रामबहादुर जीसी, श्याम जिसी, दिपक शर्मा र कुमार जिसी रहेका छन । सस्था संरक्षकमा गंगा गुरुङ, बरिस्ठ सल्लाहकार रघुनाथ शर्मा, बिषेश सल्लाहकार –मनोज गुरुङ, सल्लाहकारमा सुर्य अधिकारी र माया तमु रहेका छन ।
यस अघि समाजका कार्यबहाक अध्यक्ष रघुनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काजी गुरुङ्ग, बिशिष्ठ अतिथि गंगा गुरुङ्ग, सदस्य दिपक बानियाँ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिब लेखनाथ रिमालले कार्यक्रम सञ्चालन, गंगा नेपालीले स्वागत गरेका थिए भने कोषाध्यक्ष बिजय रिमालले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कमा सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापित भएको समाजले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । आगामी दिनमा शैक्षिक सहयोग र अन्य रचनात्मक कार्यक्रम गर्दै जाने नवनिर्वाचित अध्यक्ष लेखनाथ रिमालले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’